Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बास्केटबल ट्यालेन्ट हन्टको तयारी

हाम्रो कोशी आवाज
बैशाख ३ २०८०, आइतबार
धरानमा बास्केटबल ट्यालेन्ट हन्टको तयारी

धरानः बास्केटबल संघको आयोजनामा यही बैशाख ९ गतेदेखि ८ औं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ ।
भर्खरै एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाइ लक्षित गरी ट्यालेन्ट हन्टको आयोजना गर्न लागिएको हो । संघले विगत लामो समयदेखि हरेक वर्ष ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । सुनसरी बास्केटबल संघ र धरान उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न हुने ट्यालेन्ट हन्ट करिब तीन हप्ता चल्नेछ । ट्रेनिङ क्याम्पका उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाइ धरानका विभिन्न कलेजमा संघले छात्रवृत्तिका लागि सिफारिस समेत गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
ट्यालेन्ट हन्ट कार्यक्रम धरान–१६ मा रहेको धरान रंगशालास्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । ट्रेनिङ क्याम्पमा एसईई दिएका विद्यार्थीसँगै बास्केटबल खेल सिक्न इच्छुक सबैले सहभागिता जनाउन सक्नेछन् । प्रशिक्षण समय बिहान ६ बजे देखि ८ बजेसम्म दुई घन्टाको रहने आयोजकले जनाएको छ ।
बास्केटबल खेलाडी उत्पादन, विकास र प्रवद्र्धनका लागि विभिन्न प्रतियोगिता आयोजना, ब्यवस्थापन, ट्यालेन्ट हन्ट र समर क्याम्पजस्ता कार्यक्रमको आयोजना संघले गर्दै आइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए । ट्यालेन्ट हन्टमा सहभागीहरुलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन विवेक श्रेष्ठ, युगल लिम्बू, रोशन राई, राष्ट्रिय महिला खेलाडी डा. आशा राईलगायतले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति: बैशाख ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend