धरानः धरान-१२ चतरा लाइनस्थित सुनाखरी एकेडेमीमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शैक्षिक वर्ष २०७९ सालको वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा कक्षा प्रथमदेखि स्कुल टपर साथै अन्य विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा सारांश श्रेष्ठ र जेयल लिम्बू स्कुल टपर घोषित भए । यस्तै, इक्सा लिम्बू र सरिन लिम्बू अनुशासित, युफुङ लिम्बू, दिप्सा लिम्बू सकारात्मक, कल्पना राई सक्रिय, गौरव राई मिहिनेती र आदित्य कार्की, सायाहाङ राई सफा-सुग्घर विद्यार्थी घोषित हुँदै पुरस्कृत भएका थिए ।
यस वर्ष कक्षागततर्फ नर्सरीमा सारांस श्रेष्ठ, एलिन राई, नुनाङ राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन् । यस्तै, एलकेजी र युकेजीमा क्रमशः हेनसल राई, अनामि राई, राशिका साथै एलिभेट गिरी, आँचल राई, नतसा पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
कक्षा-१ मा सौरवी विक, मिक्सेन लिम्बू, कृष्मा राई प्रथम, द्वितीय र तृतीय भएका छन् भने कक्षा-२ मा जेयल लिम्बू, उत्सव कार्की, सरिन लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय बने । कक्षा–३ मा आयुषा केदेम, तायाबुङमा राई, रेचल ह्युज पहिलो, दोस्रो र तेस्रो बनेका छन् भने कक्षा-४ मा एलिना मास्के, आर्यन शाह, नामसाङ लिम्बू, कक्षा-५ मा आस्ना राई, उज्ज्वल राई, समीक्षा गुरुङ, कक्षा-६ मा राजन देव, दर्शना राई, प्रशन्न मगर, कक्षा-७ मा रिस्ता रावल, नेली प्रधान, तागेराहाङ लिम्बू, कक्षा-९ मा नुमाफुङ लिम्बू, नियमा राई, साइसा राई पहिलो, दोस्रो र तेस्रो बनेका छन् ।
उनीहरुलाई प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई, प्लस टु कोअर्डिनेटर टपकुमार राईलगायत सम्बन्धित कक्षागत शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए । विद्यालयका शिक्षक, शिक्षिकाको साथै अभिभावकको मिहिनेतको कारण विद्यालयले प्रगति गर्न सकेको प्रिन्सिपल मिलनकुमार राईले बताए । उनले सुनाखरीमा गुणस्तरीय शिक्षासँग अतिरिक्त क्रियाकलापमा पनि बालबालिकालाई जोड दिने भएकोले सधैं सकारात्मक सोंच राखेर बालबालिकालाई ढुक्क भएर सुनाखरी पढाउन उनले आग्रह गरे । कार्यक्रमको सञ्चालन छात्र प्रत्युष थापा र छात्रा रुबिना देवले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


































