धरानः धरान-५, स्थित डीपी बिलिभर्स इङ्लिश स्कुलमा दुइदिने शिक्षक कार्यशाला शुरु भएको छ ।
स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवाको प्रमुख आथित्यतामा प्रारम्भ गरिएको कार्यक्रममा, उप–प्राचार्य कुर्मित बान्तवा (लेप्चा), एआपल मन्टेश्वरी अलीमेनटरी स्कुल धरानका निर्देशक पवित्र लिम्बू, राष्ट्रिय खेलकुद परिषदका राष्ट्रिय प्रशिक्षक रोशनी राई साथै दुवै स्कुलका ३८ शिक्षकहरूको उपस्थिति रहेको थियो ।
दुईदिने शिक्षक कार्यशालामा बाल मनोविज्ञान र शिक्षाशास्त्र, विषयगत दृष्टिकोण सिकाई पद्दति, सहकर्मी शिक्षण, मन्टेश्वरी शिक्षण विधिहरू, आत्मरक्षाको आधारभूत शारीरिक संरक्षण तालिम दिइने स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवाले बताए ।
नयाँ शैक्षिक वर्ष २०८० को तयारी साथै दुवै स्कुलका शिक्षकहरूको व्यवसायिक तथा शिक्षण पेशामा निरन्तर विकासको दुईदिने शिक्षक कार्यशाला आयोजना गरिएको बताए । सो शिक्षक कार्यशालामा प्रधानाध्यापक सञ्जीप बान्तवा, एआपल मन्टेश्वरी अलीमेनटरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोशनी राईले सहजीकरण गर्दैछन् ।
डीपी बिलिभर्स स्कुलका जनसम्पर्क अधिकृत हेमराज गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक वीरेन्द्र लिङदेंनले गरेका थिए ।

