Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सरकारी स्कुल पब्लिकमा कोटा छ, कोठा छैन कै अवस्थामा

हाम्रो कोशी आवाज
बैशाख ४ २०८०, सोमबार
धरानको सरकारी स्कुल पब्लिकमा कोटा छ, कोठा छैन कै अवस्थामा

यस वर्षदेखि होटल म्यानेजमेण्ट, ब्युटीसियन, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ विषय थपिँदै (भिडियोसहित)

धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा विद्यार्थीको लर्को लागेको छ । अहिले पनि पब्लिकमा कोटा छ, कोठा छैन कै अवस्थामा रहेको छ ।
आइतबार विद्यालयले प्रवेश परीक्षा राखेको थियो । प्रवेश परीक्षामा करिब सात बढी विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीमध्ये कोटा भएपनि कोठा अभावकै कारण २ सय ५१ विद्यार्थीमात्रै भर्ना लिइने अवस्था रहेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए ।
उनले पब्लिकले कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको उनले जानकारी दिए । ‘अहिले पनि कोटा छ, तर पनि कोठा छैन भन्नु नै परिरहेको छ’, उनले थपे, ‘यसले धेरै विद्यार्थी फर्किनुपरिरहेको छ, यसको लागि सरकारले कोठा थपिदिनु आवश्यक छ ।’ उनका अनुसार प्रवेश परीक्षामा लिइएको नतिजा पनि आइतबार नै प्रकाशित गरिएको छ । उनले नतिजा प्रकाशित भइसकेका पास भइसकेका विद्यार्थीलाई तुरुन्तै भर्ना लिइने र बाँकी रहेका विद्यार्थीलाई पर्खाइमा राखिने जानकारी दिए ।
कक्षा–११ र १२ का कोअर्डिनेटर वीरेन्द्रबहादुर शाहले अंग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु भएको बताए । ‘अझ भन्ने हो भने यसअघि पब्लिक हाइस्कुललाई पत्याउँदैन थिए, अहिले स्कुलकै शिक्षक, समुदायले समेत सहजै पत्याउन सक्छन् ।’ उनले भने । उनका अनुसार अहिले यहाँ सरकारी र निजी विद्यालयमा पठनपाठन गराउने शिक्षककै छोराछोरीले पब्लिकमा छोराछोरी पढाउन थालेका छन् । पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै उनले अहिले त्यो धारणा परिवर्तन भएको बताए । उनले अबदेखि पब्लिक अर्थात् सरकारी स्कुललाई पनि अभिभावकले पत्याउनुपर्ने बताए । ‘राम्रा विद्यार्थी पनि यहाँ पढ्दा अभिभावकले पत्याएको भन्नुपर्छ’, उनले थपे, ‘तर हामीलाई चुनौती पनि छ, अभिभावकले त राम्रा विद्यार्थी ल्याएर छोडिदिए, अभिभावकलाई अझै पत्याउने बनाउन अब कम्मर कसेर लाग्छौं, विशेषतः नतिजामुखी परिणाम दिन हामी हरप्रयत्न गरिरहेका छौं ।’
यस वर्षदेखि विषय थप
प्रधानाध्यापक झाले एसइईपछि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (तीन वर्षे कोर्ष) र कक्षा–११ मा होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्स साथै ब्युटीसियन विषय थप गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ४ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend