Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदय कलेजद्वारा मेयर साम्पाङको कोकाह प्रोजेक्टलाई सहयोग

हाम्रो कोशी आवाज
बैशाख ५ २०८०, मंगलबार
युएन, नवोदय कलेजद्वारा मेयर साम्पाङको कोकाह प्रोजेक्टलाई सहयोग

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको अभियानलाई धरान–१६ स्थित युएन, नवोदय कलेजले सहयोग गरेको छ ।
कोकाह प्रोजेक्टका लागि कलेजले ५० हजार रुपैयाँ सहयोग गरेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । क्याम्पस प्रमुख तुम्बापो, क्याम्पसका अध्यक्ष ज्ञानेश्वर झा, अध्यापक रामबहादुर लिम्बूले ५० हजार नगद मेयर साम्पाङको टिमलाई हस्तान्तरण गरेका थिए । सामाजिक कार्यअन्तर्गत कलेजले सहयोगी भावना देखाएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।
कलेजका अध्यक्ष झाले मेयर साम्पाङले गरेको कामलाई सहयोग पुगोस् भनेर सहयोग गर्न तत्पर रहेको र सहयोग पनि गरिहालेको बताए ।

प्रकाशित मिति: बैशाख ५ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend