Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सियोन स्कुलका शिक्षक-शिक्षिकाहरुलाई पब्लिक स्पिकिङ अभिमुखीकरण

हाम्रो कोशी आवाज
बैशाख ५ २०८०, मंगलबार
सियोन स्कुलका शिक्षक-शिक्षिकाहरुलाई पब्लिक स्पिकिङ अभिमुखीकरण

धरानः धरान-१६ स्थित सियोन स्कुलका शिक्षक-शिक्षिकाहरुलाई एक दिवसीय पब्लिक स्पिकिङ तथा प्रस्तुतिकरण सम्बन्धी अभिमुखिकरण सोमबार सम्पन्न भएको छ ।
कृति टेलिभिजनका कार्यक्रम निर्देशक एवम् कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले आत्मविश्वासपूर्वक बोल्ने तरिका, प्रस्तुतिकरण कला, कार्यक्रम सञ्चालन गर्ने तरिका आदिको बारेमा अभिमुखीकरण गराए । त्यस्तै, नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव एवम् दन्तकाली एफएमका समाचार सम्पादक तिर्थ कार्कीले माइक्रोफोन र पोडियमको प्रयोग गर्ने तरिकाको बारेमा अभिमुखिकरण गराए ।
त्यस्तै, अभिभावक-शिक्षक भेलामा अभिभावकसँग कसरी प्रस्तुत हुने, अभिभावकहरुले राखेका गुनासालाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा कार्कीले अभ्यासद्वारा अभिमुखीकरण गराए । स्कुलमा अध्यापनरत शिक्षक-शिक्षिकाहरुलाई आत्मविश्वासका साथ अभिभावकहरुसमक्ष मात्र नभएर सार्वजनिक स्थानमा हुने कार्यक्रमहरुमा कसरी बोल्ने भन्ने बारेमा ज्ञान दिने उद्देश्यले एक दिवसीय अभिमुखीकरण तालिमको आयोजना गरिएको स्कुलका निर्देशक खड्गबहादुर थापा मगरले बताए ।
स्कुलका भाइस-प्रिन्सिपल राकेश चौधरीले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरे । अभिमुखीकरण कार्यक्रममा शिक्षक-शिक्षिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिम निक्कै उपलब्धिमूलक भएको सहभागी शिक्षक–शिक्षिकाहरुले जनाएका छन् ।

प्रकाशित मिति: बैशाख ५ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend