Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-५ को डीपी विलिभर्स इङलिस स्कुलमा दुईदिने शिक्षक कार्यशाला सम्पन्न

हाम्रो कोशी आवाज
बैशाख ५ २०८०, मंगलबार
धरान-५ को डीपी विलिभर्स इङलिस स्कुलमा दुईदिने शिक्षक कार्यशाला सम्पन्न

धरानः धरान-५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलको प्राङ्गणमा (४, ५, बैशाख) दुईदिने शिक्षक कार्यशाला समापन भएको छ ।
डीपी बिलिभर्स इङ्लीस स्कुलका प्रधानाध्यापक संजीप बान्तवाको अध्यक्षता, क्रिएटिभ स्कुल सर्कलका अध्यक्ष साथै धरान–१५, स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलका निर्देशक गंगाराम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
एप्पल मन्टेश्वरी अलीमेनटरी स्कुल धरानका निर्देशक पवित्र लिम्बू र जुली लिम्बूको (संस्थापक प्रिन्सिपल) विशेष आथित्यतामा भएको समापन समारोहमा दुवै स्कुलका ३८ शिक्षकहरूले बाल मनोविज्ञान र शिक्षाशास्त्र, विषयगत दृष्टिकोण सिकाइ पद्दति, सहकर्मी शिक्षण, मन्टेश्वरी शिक्षण विधिहरू, आत्मरक्षाको आधारभूत शारीरिक संरक्षण तालिम लिएका थिए । शिक्षक कार्यशालामा प्रधानाध्यापक संजीप बान्तवा, एप्पल मन्टेस्वरी अलीमेनटरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोसनी राईले सहजीकरण गरेका थिए ।
नयाँ शैक्षिक वर्ष २०८० को तयारी साथै दुवै स्कुलका शिक्षकहरूको व्यावसायिक तथा शिक्षण पेशामा निरन्तर विकासको दुईदिने शिक्षक कार्यशाला आयोजना गरिएको प्रधानाध्यापक बान्तवाले बताए । सहभागी शिक्षकहरूलाई प्रमुख अतिथि गंगाराम राईले दुवै स्कुललाई कार्यशाला सफलतापूर्वक आयोजना गरिएकोमा बधाई दिँदै सहभागी शिक्षकहरूलाई शुभकामना र प्रमाणपत्र वितरण गरेका थिए । उनले कार्यशालामा सिकेका विविध शिक्षण विधिहरु लागू गर्दै जान सुझाव समेत दिए ।
प्रधानाध्यापक बान्तवाले सम्पूर्ण सहभागीहरुलाई बधाई साथै धन्यवाद दिएका थिए । कार्यक्रम शिक्षक वीरेन्द्र लिङदेंनले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: बैशाख ५ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend