धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले वडाध्यक्षहरुकै कारण विकास, निर्माणमा अवरोध भइरहेको बताएका छन् ।
उनले वडाध्यक्षहरुकै कारण विकास निर्माणमा पछि पर्ने देखिएको बताएका छन् । ‘वडाध्यक्षहरुकै कारण पछि पर्ने देखिन्छ ! अब जनताले सोच्ने बेला आइसक्यो ! अब बिकास भएन भनेर मलाई होइन वडालाई भन्नु होला !’ उनले फेसबुकमा लेखेका छन् ।
उनका अनुसार धरानको विकासमा वडाध्यक्षहरु नै बाधक हुन् । उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उपनिर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पदपूर्ति गराएर धरानलाई अघि बढाउनुपर्छ !’
