Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले भने- ‘अल द बेस्ट रविजी’

हाम्रो कोशी आवाज
बैशाख १० २०८०, आइतबार
धरानका मेयर साम्पाङले भने- ‘अल द बेस्ट रविजी’

धरान : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका पक्षमा देखिएका छन्।
आज त्यहाँ प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई जितका लागि शुभकामना दिएका हुन्।
मेयर साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्– ‘अल द बेस्ट रविजी!’
स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी साम्पाङले रविको पार्टीको नाम पनि स्वतन्त्रै भएकाले पक्षधरता देखाएका त होइनन्? यो भने साम्पाङ नै जानून्।
यसअघि मंसिर ४ को चुनावमा पनि चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा रवि विजयी भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेपछि दुवै पद गएको हो। यसैकारण अहिले उपनिर्वाचन भइरहेको हो।
रविले भने– मंसिर ४ को चुनावमा भन्दा बढी मत पाउँछु
त्यसो त आज बारा २ र तनहुँ १ मा पनि उपनिर्वाचन भइरहेको छ। मंसिरको चुनावमा बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ पुनः चुनाव गरेर सांसद चुन्न लागिएको हो। यस्तै मंसिरमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेकाले त्यहाँ उपचुनाव गरिएको हो।

प्रकाशित मिति: बैशाख १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend