Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा २६ जना मास्टर गरेका शिक्षक छन्, त्यही भएर गुणस्तरीय शिक्षा दिइरहेका छौंः प्रिन्सिपल, डाइरेक्टर थापा मगर

हाम्रो कोशी आवाज
बैशाख १० २०८०, आइतबार
धरानको सियोन स्कुलमा २६ जना मास्टर गरेका शिक्षक छन्, त्यही भएर गुणस्तरीय शिक्षा दिइरहेका छौंः प्रिन्सिपल, डाइरेक्टर थापा मगर

शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित धरान-१६ स्थित सियोन स्कुल पूर्वमा छुट्टै स्थान ओगट्दै नमूना बन्न सफल भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै अब्बल साथै नमूना बन्दै गएको छ ।
२०६२ सालमा स्थापना भएको स्कुलले २५० विद्यार्थीबाट विद्यालय शुरु भएको विद्यालयमा बौद्धिक विकास, चरित्र निर्माण र अनुशासन, नैतिक आचरणलाई बढी जोड दिइएको प्रिन्सिपल, डाइरेक्टर खड्गबहादुर थापा मगर बताउँछन् । स्कुलले अहिले विद्यार्थीलाई ज्ञानको भोको मात्रै बनाएको छैन, संस्कार पनि सिकाएको छ । भौतिक पूर्वाधारले सम्पन्न, शान्त वातावरण, फराकिलो कक्षाकोठाले सुसज्जित छ । प्ले गु्रपदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा २०७४ बाट विज्ञान र व्यवस्थापन, होटल म्यानेजमेण्ट सङ्कायमा कक्षा–१२ सम्म अध्ययन अध्यापन हुने गरेको छ ।
‘यतिका वर्षको शैक्षिक यात्रा पूरा गरिसकेको स्कुलमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने मात्रै होइन बिक्नसक्ने जनशक्ति तयार पार्नुका साथै नैतिक आचारणमा पनि हामीले अब्बल बनाएका छौं जस्तो लाग्छ’, स्कुलका फाउण्डर डाइरेक्टर खड्गबहादुर थापा मगर भन्छन्, ‘हाल विद्यालय नमूनाको रुपमा मात्रै स्थापित छैन गुणस्तर साथै अन्तर्राष्ट्रिय बजारमा बिक्ने शिक्षा दिन तल्लिन छ ।’ स्कुलले जति सक्छौ, त्यति मात्रै भर्ना लेऊ, गुणस्तरमा सम्झौता नगर भन्ने नीतिबाट स्कुल अघि बढ्दै आएको उनको भनाइ छ ।
विद्यार्थीको सर्वाङ्गीण विकास लागि पाठ्यक्रम केन्द्रित शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापको महत्व बुझेर यसमा जोड दिँदै आएको छ । ‘परम्परागत किताबको किरो हुने, रटन्ते, घोकन्ते पुरानो परिपाटी त्याग्नुपर्छ भन्ने हाम्रो जोड हो’, डाइरेक्टर, प्रिन्सिपल थापा मगर भन्छन्, ‘यस स्कुलका विद्यार्थीलाई किताबी किरो मात्रै होइन, अतिरिक्त ज्ञान र व्यावसायिक क्षेत्रमा पनि खरो उत्रिन अभिमुखीकरण गरिन्छ ।’
स्मार्ट कक्षा, २४ सै घण्टा विद्युत, वर्षेनी विज्ञान प्रदर्शनी, बालमैत्री कक्षालाई अझै व्यवस्थित, पारिवारिक वातावरण निर्माण गर्ने, अभिभावक, शुभचिन्तकको सल्लाह सुझावलाई ध्यानमा राख्दै अघि बढेको हुनाले नै प्रगति गरेको उनी बताउँछन् । दक्ष शिक्षक–शिक्षिका, परिश्रमी गर्ने हाम्रा होनाहार विद्यार्थी र अभिभावकको सहयोगले राम्रो नतिजा निकाल्न सफलता प्राप्त भएको उनी बताउँछन् । यहाँ डिग्री गरेका २६ जना शिक्षक–शिक्षिका रहेको उनी बताउँछन् । त्यस्तै, शिक्षक–शिक्षिकालाई सरकारी सेवा–सुविधा दिँदै प्रदान गर्दै आएको र उत्कृष्ट नतिजा निकाल्दै आएको आफूले महसुस गरेको उनी बताउँछन् । उनीसँग गरिएको भिडियो कुराकानीः

प्रकाशित मिति: बैशाख १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend