Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका राजनीतिक दल र वडाध्यक्षको राजधानीमा दौडधुप, धरान-लेउती सुरुङ मार्गलाई ‘बहुुउद्देश्यीय आयोजना’ को रुपमा विकास गर्न माग

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
धरानका राजनीतिक दल र वडाध्यक्षको राजधानीमा दौडधुप, धरान-लेउती सुरुङ मार्गलाई ‘बहुुउद्देश्यीय आयोजना’ को रुपमा विकास गर्न माग

धरानः धरानका राजनीतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्देश्शीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीसँग माग गरेका छन् ।
अर्थमन्त्री डा.प्रकाशशरण महतसँग सयुक्तरुपमा भेट गर्दै धरानका राजनीतिक दलका प्रतिनिधिहरुले धरान–लेउती (तमोर) सुरुङ मार्गलाई ‘बहुुउद्देश्यीय आयोजना’को रुपमा विकास गर्न बजेट समेत माग गरेका छन् ।
‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पूर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको खानेपानी दीर्घकालीनरुपमा समाधान गर्न अहिले अध्ययन भइरहेको धरान–लेउती सुरुङमार्ग लाई बहुुदेशीय आयोजनाको रुपमा विकास गर्न आवश्यक छ ।’
सो बहुउद्देश्यीय योजनाबाट यातायात, खानेपानी, सिचाई तथा तथा जल पर्यटनका लागिसमेत उपयुक्त हुने माओवादी केन्द्रका नेता चोत्लुुङले बताए । धरानका राजनीतिक दलका प्रतिनिधिहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले धरानको समस्यालाई आफूुले गहिरो गरी बुुझेको बताएका छन् । यो बहुउद्देश्यीय योजनाका बिषयमा म सकारात्मक छुु, यसका लागि वैदेशिक लगानी ल्याउन पनि म आफै लागि पर्छुु ।’ मन्त्री महतले धरानका लागि राजनीतिक दलहरुले संयुुक्तरुपमा ल्याएको योजनाहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
खानेपानी बाहेकका अन्य योजनामा प्राथमिकता हेरेर बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्रीसँगको छलफलमा नेकपा एमालेका नेताहरु मीन सुुब्बा, नारायणप्रसाद सुुवेदी, एमाले धरानका अध्यक्ष हर्कजङग एभेङ, नेपाली कांग्रेसका नेताहरु तिलक राई, उमेश थापा, प्रदेश संसद ममता तामाङ, कांग्रेस नगर सभापति श्याम पोख्रेल, माओवादी केन्द्रका नेताहरु मुुक्सामहाङ मेन्याङबो, नगर इन्चार्ज चोत्लुुङसहित माओवादी केन्द्रका नगर अध्यक्ष तथा वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई, धरान–१६ का वडाध्यक्ष मुुरारी भट्टराई, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुुमार फागुु, धरान–२० का वडाध्यक्ष पदमबहादुर लिम्बू लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend