Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ को होलिल्याण्ड स्कुलमा २०७२ सालको विनाशकारी भूकम्पको सम्झना, विद्यार्थी सचेतना कार्यक्रम

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
धरान-१५ को होलिल्याण्ड स्कुलमा २०७२ सालको विनाशकारी भूकम्पको सम्झना, विद्यार्थी सचेतना कार्यक्रम

धरानः धरान–१६ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले भूकम्प सचेतना कार्यक्रम आयोजना गरेको छ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पलाई स्मरण गर्दै त्यसमा ज्यान गुमाएकाहरुलाई नेपालको नक्सामा मैनबत्ती प्रज्ज्वलन गरी शोक तथा श्रद्धाञ्जली सभाको पनि आयोजना गरिएको छ ।
विद्यालयले ठीक ११ बजेर ५६ मिनेट जाँदा भूकम्प साइरन बजाएर बच्चालाई आफ्नो टाउकोमा पुस्तक, झोला वा सुरक्षित वस्तु राख्न लगाई खुल्ला तथा सुरक्षित ठाउँमा जाने अभ्यास पनि गराइएको थियो ।
कार्यक्रममा विद्यालयका एकेडेमिक प्रिन्सिपल कृष्ण नेपालले जापान, चिली र नेपालजस्तो भूकम्पीय अति जोखिमयुक्त राष्ट्रहरुले बालबालिकाहरुलाई भूकम्पीय सचेतना तालिम तथा कार्यक्रम गरी जोखिम न्युनीकरण गर्नुपर्ने कुरा औंल्याएका थिए । प्रिन्सिपल राजकुमार लिम्बूले २०७२ साल वैशाख १२ गतेको भूकम्पलाई स्मरण गर्दै धरान अनि चुरे क्षेत्रका बासिन्दालाई भूकम्पीय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी भूकम्पीय जोखिमबाट बच्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend