Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास

हाम्रो कोशी आवाज
बैशाख १४ २०८०, बिहिबार
शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास

विराटनगरः मोरङको लेटाङमा एक वृद्धले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
एकाबिहानै लेटाङ–७ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले पेट्रोल खन्याएर आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । हाल उनको अवस्था गम्भीर रहेको छ । उनको विराटनगरस्थित रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
स्थानीयले आगो लागेको मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले नै पानी हालेर नेपालको शरीरमा लागेको आगो निभाएका थिए । उनका अनुसार सुरुमा वृद्ध ग्यालेनमा पेट्रोल लिएर आएको खुलेको छ । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि पेट्रोल आफ्नै शरीरमा छर्किएर एक्कासी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । वृद्ध नेपालको आफन्तसँग लेनदेन विवाद रहेको पाइएको छ । नातामा बहिनी पर्ने आफन्तलाई लामो समयअघि पैसा सापटी दिएको र माग्न जाँदा भनाभन समेत भएको पाइएको प्रहरीले जनाएको छ । त्यही पैसा उठाउन जाने क्रममा विवाद भएपछि शरीरमा पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: बैशाख १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend