धरानः धरान उपमहानगरपालिकामा सञ्चालन हुने होस्टल, पुस्तकालय, कोचिङ कक्षा, ट्युसन, ब्रीजकोर्ष, पूर्व तयारी कक्षा, भाषा शिक्षण कक्षा, शैक्षिक परामर्श केन्द्र, प्राविधिक तालिम केन्द्र र अन्य विदेशी शैक्षिक कार्यक्रम अनुमति लिएर मात्र सञ्चालन गर्न पाइने भएको छ ।
धरान उपमहानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो व्यवस्था गर्न लागेको शिक्षा शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ । सूचनामा शिक्षा ऐन २०७८ को दफा २४ मा उपमहानगरपालिकाभित्र सञ्चालन हुने जनाइएको छ ।
‘धरान नगरक्षेत्रमा सञ्चालनमा रहेका माथि उल्लेख भएका प्रकृतिका शैक्षिक संस्थाहरु यस उपमहानगरपालिकामा वा पहिले अन्य कुनै निकायमा दर्ता भएका भए उपमहानगरपालिकामा तथ्याङ्क व्यवस्थापन गर्ने प्रयोजनार्थ सञ्चालन अनुमति लगायतका कागजातहरु पेस गर्नुहुन सरोकारवाला सबैमा जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।
