Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका कन्सल्टेन्सी सञ्चालक लगायतलाई २ लाख धरौटीमा छाड्न आदेश

हाम्रो कोशी आवाज
बैशाख १४ २०८०, बिहिबार
धरानका कन्सल्टेन्सी सञ्चालक लगायतलाई २ लाख धरौटीमा छाड्न आदेश

धरानः एसईई परीक्षामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने धरानलगायतका कन्सल्टेन्सी सञ्चालकलाई धरौटीमा छाडन अदालतले आदेश गरेको छ ।
मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजालाशले पक्राउ परेका धरानको डल्फिन पूर्वाञ्चल एकेडेमी कन्सल्टेन्सीका सञ्चालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छोडेन आदेश जारी भएको छ ।
पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावकलाई जिम्मा लगाउन आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
मोरङको तीन वटा परीक्षा केन्द्रबाट एसईईमा सामाजिक विषयको परीक्षा दिँदै गर्दा १९९ जना नक्कली परीक्षार्थी चैत १७ गते पक्राउ परेका थिए ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, ग्रामथान गाउँपालिका २ झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा शिक्षा ऐन २०२८ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । घटनास्थल छुट्टाछुट्टै स्थानमा भएकोले प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत तीन वटा छुट्टै मुद्दा दायर गरेको थियो । ६ जना कन्सल्टेन्सीसहित ३९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये पक्राउ परेर अदालतमा उपस्थित भएकाहरूको हकमा अदालतले आदेश गरेको हो । अरूको हकमा उनीहरू उपस्थित भएपछि आदेश हुनेछ ।
प्रहरीको अनुसन्धानबाट ६ जना कन्सल्टेन्सी सञ्चालकहरूले नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने गरेको पाइएको छ । उनीहरूले पास गर्ने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सल्टेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । नक्कली परीक्षार्थीले व्यापार व्यवसायदेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ ।

प्रकाशित मिति: बैशाख १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend