Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीमा कक्षा-१२ पढ्ने विद्यार्थीको विदाइ (३५ तस्वीर र भिडियो समाचारसहित)

हाम्रो कोशी आवाज
बैशाख १४ २०८०, बिहिबार
धरानको सुनाखरी एकेडेमीमा कक्षा-१२ पढ्ने विद्यार्थीको विदाइ (३५ तस्वीर र भिडियो समाचारसहित)

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमी (प्लस टु) का विद्यार्थीको एक कार्यक्रमका बीच विदाइ गरिएको छ ।
म्यानेजमेण्ट सङ्कायको कक्षा-१२ मा अध्ययन पूरा गरी परीक्षा कुरिरहेका विद्यार्थीहरुको धरान-१९ स्थित हरियाली सामुदायिक वनको भवनमा आयोजित कार्यक्रममा विदाइ गरिएको हो । कक्षा-११ का विद्यार्थीले यस्तो विदाइ कार्यक्रम आयोजना गरेका हुन् ।
कक्षा-११ मा अध्ययनरत् विद्यार्थीहरुले कक्षा-१२ लाई विदाइ गरेका थिए । कार्यक्रमका अतिथि एनप्याब्सन सुनसरीका पूर्व अध्यक्ष तथा लोटस इङ्लीस बोर्डिङ स्कुलका निर्देशक गणेश राई, एकेडेमीका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, भाइस–प्रिन्सिपल अशोक लिम्बू, शिक्षक-शिक्षिकालगायतले विद्यार्थीहरुलाई अबिर, खदा लगाई मायाको चिनो समेत प्रदान गरेर विदाइ गरेका थिए ।
प्रिन्सिपल मिलन राईले दुई वर्षसम्म सुखद् वातावरणमा विद्यार्थी हुर्किएको बताउँदै अबका दिनमा कडा मिहिनेतका साथ निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे । उनले यात्रा अझै बाँकी रहेकोले युनिभर्सिटीको यात्रा सहज होस् भन्ने समेत कामना गरे ।
प्लस टु कोअर्डिनेटर टपकुमार राईले प्लस टु शुरुवात गरेको दुई वर्ष बितिसकेको बताए । उनले विद्यार्थीको आगामी दिनमा उत्तररोत्तर प्रगति होस् समेत भने । एकेडेमीका निर्देशक प्रदीप राईले विद्यार्थीको नयाँ उडान शुरुवात भइसकेको बताउँदै नयाँ उडानमा पखेटा भर्न आफूहरुले पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य पस्किनुका साथै गीत समेत प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा प्रिन्सिपल मिलन राई, कोअर्डिनेटर टपकुमार राई र शिक्षक आनन सुब्बाले समेत गीत पस्किँदा विद्यार्थी पनि स्टेजमा नाच्न पुगेका थिए । कार्यक्रममा बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलीपकुमार योगी, ज्ञानकुञ्ज एकेडेमीका प्रिन्सिपल अरुण राई, पत्रकार तिर्थ कार्कीलगायतको समेत उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend