Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसईई दिएका विद्यार्थी लाभान्वित

हाम्रो कोशी आवाज
बैशाख १५ २०८०, शुक्रबार
धरानमा एसईई दिएका विद्यार्थी लाभान्वित

धरानः यस वर्षको एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी धरान आचार्यलाइनमा स्थापित रिलायवल एकेडेमिक ट्रेनिङ एण्ड इभेन्ट्स नेपाल (रेट नेपाल) ले धरानमा एकदिने निशःुल्क करियर काउन्सिलिङ कार्यक्रम आयोजना गरेको छ ।
स्टार पूर्वी होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा यसवर्ष एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । विभिन्न विषयका विज्ञहरुबाट विद्यार्थीहरुलाई श्रव्यदृश्यका माध्यमबाट उत्प्रेरणात्मक प्रस्तुति प्रदान गरिएको कार्यक्रममा धरान र आसपासका क्षेत्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, होटल व्यवस्थापन, चिकित्साशास्त्र, इञ्जिनियरिङलगायतका विषयहरुको महत्व, अध्ययन गर्ने शैली, नेपालमा उपलव्ध कलेजहरुकोे विवरण लगायतका विविध आयामका विषयमा विज्ञ परामर्शदाताहरुबाट सञ्चालित सो कार्यक्रम का सहजकर्ताहरुमा मोहन श्रेष्ठ, राजेश विद्रोही, भाष्कर पौडेल, कामना वान्तवा र पोषण श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा थिए भने एकेडेमीका अध्यक्ष प्रेमराज शाक्यको अध्यक्षतामामा सो कार्यक्रम सम्पन्न भएको थियो । रेट नेपाल ले स्थापनाको छोटो अवधिमा नै विद्यार्थीको अध्ययन अभिरुची वृद्घि, व्यक्तित्व विकासलगायतका क्षेत्रमा विभिन्न तालिम, कार्यक्रम, ब्रिजकोर्ष, भाषा तयारी कक्षा आदि गर्दै आएको छ ।

प्रकाशित मिति: बैशाख १५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend