Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तस्वीरमा धरानमा कोकाहको पानी ल्याउन बृहत श्रमदान (४१ तस्वीर)

हाम्रो कोशी आवाज
बैशाख १६ २०८०, शनिबार
तस्वीरमा धरानमा कोकाहको पानी ल्याउन बृहत श्रमदान (४१ तस्वीर)

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको अभियानमा योपटक हजारौं श्रमदाता सहभागी भएका छन् ।
करिब ५ हजारभन्दा बढी श्रमदाता उपस्थित भएका थिए । धरान, इटहरी, बुटवल साथै चितवनसम्मका श्रमदाता यसपटक सहभागी भएका थिए । शनिबार अर्थात् श्रमबारका दिन लाहुरेको कथा समेटिएको साथै धरानमै सुटिङ गरिएको नेपाली चलचित्र जेकी आइम २१ का कलाकार पनि उपस्थित थिए ।
बैशाख २१ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ज्याकीका कलाकार धिरज मगर, जसिता गुरुङ, प्रेम सुब्बा, नायिका रेखा लिम्बू, गीतकार मिना सिङ्गकलगायतका कलाकारहरुको पनि उपस्थिति थियो । सो टिमले मेयरको अभियानलाई ५० हजार प्रदान गर्ने घोषणा समेत गरेको छ ।
यस्तै, बुटवलबाट दुई बस विद्यार्थी (७५ जना)को पनि सहभागिता थियो । यसैबीच कोकाह खोला अभियानका लागि २३ लाख ९० हजार २३५ रुपैयाँ प्रदान गरिएको छ । युकेबाट पठाएको रकम पूर्णप्रसाद लिम्बूले प्रदान गरेका थिए । हर्क साङपाङ सपोर्ट कमिटी युकेले यसअघि निशाने खोलाको लागि ५८ लाख ७६ हजार आर्थिक सहयोग गरिसकेको छ ।
यस्तै, धरान १५ नौलो टोल विकास संस्थाले ५१ हजार रुपैयाँ प्रदान गरेको थियो । यस्तै, शनिबारको श्रमदातालाई धरान कुक समाजले खाना खुवाएका छ । समाजका अनुसार ५ हजार बढीलाई खाना खुवाइएको हो ।

]

प्रकाशित मिति: बैशाख १६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend