Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको एम्स एकेडेमीले एसईई फुटसल कप आयोजना गर्ने

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
धरानको एम्स एकेडेमीले एसईई फुटसल कप आयोजना गर्ने

धरानः धरान–१२ स्थित एम्स एकेडेमी (प्लस टु)ले प्रथम एम्स एसईई फुटसल कप गर्ने भएको छ ।
अध्यापक एवम् शेयर सदस्य बिदुर महतले प्रेस विज्ञप्ति वाचन गरे । प्रतियोगिता आगामी बैशाख २९ र ३० गते मितेरी फुटसलमा हुने कार्यक्रम संयोजक युवराज अधिकारीले जानकारी दिए ।
एसईई दिएर बसेका विद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै अन्य गलत काममा नलागी सिर्जनात्मक काममा लागुन भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा २० वटा टिम सहभागी हुने संयोजक अधिकारीले बताए । एसईई कपको बिजेताले नगद १५ हजार, उप–बिजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट खेलाडी र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था रहेको छ ।
प्रतियोगितामा विशेषगरी धरानभरिका सामुदायिक र निजी विद्यालयबाट ०७९ को एसईई दिएका विद्यार्थीहरुले मात्रै भाग लिन पाउने प्रिन्सिपल मित्र तामाङले बताए । ‘धरान बाहिरबाट आए भने पनि हामी सहभागी गराउँछौं’, उनले भने । कार्यक्रमको सञ्चालन कोअर्डिनेटर हेमन्त भण्डारीले गरेका थिए ।

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend