धरान: धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन् ।
स्थानीय विकास-निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत घुस नखान कडा चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु ।’