धरानः धरान-१६ स्थित सियोन स्कुलमा ट्राफिक नियमसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
‘शैक्षिक सफलता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराकासाथ अगाडि बढेको सियोन स्कुल धरान-१६ सुनसरीले कक्षा-९ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विशेषगरी स्कुल, कलेज पढ्ने विद्यार्थीहरूले ट्राफिक नियमको पालना नगरी सवारी साधनको प्रयोग गर्ने भएकोले धेरै दुर्घटना हुने गरेकोले सो लाई नियन्त्रण गर्न यस्तो खालको कार्यक्रमको आयोजना गरिएको स्कुलका प्राचार्य खड्गबहादुर थापा मगरले बताए ।
जिल्ला ट्राफिक कार्यालय धरान सुनसरीका प्रहरी सहायक निरीक्षक नारदप्रसाद दाहालले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । यस्ता खालका जनचेतनामूलक कार्यक्रम विगतदेखि गरिँदै आएको र आगामी दिनमा पनि राखिने प्राचार्य थापा मगरले बताए ।

