Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको महेन्द्र क्याम्पसमा ‘हिरोजस्तै देखिने’ व्यक्तिले नै पार्किङ एरियाबाटै विद्यार्थीको मोटरसाइकल चोरेपछि…

हाम्रो कोशी आवाज
बैशाख २० २०८०, बुधबार
धरानको महेन्द्र क्याम्पसमा ‘हिरोजस्तै देखिने’ व्यक्तिले नै पार्किङ एरियाबाटै विद्यार्थीको मोटरसाइकल चोरेपछि…

धरानः धरानको महेन्द्र बहुमुखी क्याम्पसको पार्किङ एरियाबाटै मोटरसाइकल चोरी भएको छ ।
सार्वजनिक एरियाबाटै मोटरसाइकल चोरी भएपछि चोरी भएको थाहा पाउने विद्यार्थी चकित परेका छन् । बिहान ११ बजे कलेजमा अध्ययन सकेर हेर्दा मोटरसाइकल नदेखिएपछि बिबिएमको पाँचौं सेमेस्टरमा अध्ययनरत सुरज योङहाङ तनावमा परेका थिए । योङहाङको को३९प ९३७८ को नम्बरको मोटरसाइकल क्याम्पस परिसरबाटै चोरी भएको हो ।
खोजी गर्दै जाँदा सीसी क्यामेराको फुटेज हेर्दा एकजना ‘हिरोजस्तै देखिने’ व्यक्तिले फिल्मीशैलीमा मोटरसाइकल चढेर गएको देखेपछि उनी झन तनावमा परेका थिए । पछि अन्य स्थानको सीसी क्यामेराको फुटेज हेर्दा धरान–१० राँगाचोकतिर लिएको गएको देखिएको उनले बताए ।
उनले कजेलकै विद्यार्थीले चोरेको हो कि भन्ने आशंका समेत व्यक्त गरेका छन् । कलेज बाहिरको सीसी क्यामेरामा सो फुटेज कैद भएको र कलेजभित्रको सीसी क्यामेरा बन्द गरिएको पाइएको उनले जानकारी दिए । ‘बाहिरतर्फको फुटेज हेर्दा खासै चिनिँदैन’, उनले भने, ‘कलेजभित्रको सीसी क्यामेरा बन्द गरिएको पाइएको छ, भोलि यस विषयमा थप जानकारी लिनेछौं ।’
उनले कलेज प्रशासनले पनि यस घटनाको जिम्मेवारी लिनुपर्ने बताए । ‘क्याम्पस हाताबाटै क्याम्पसले तोकेकै पार्किङ एरियाबाट मोटरसाइकल हराएको छ, यो घटनाको जिम्मेवार क्याम्पस प्रशासन पनि हो । विद्यार्थीको हक, अधिकार र सुरक्षाको जिम्मेवार पक्ष केही हदसम्म स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्गठनहरू पनि रहकोले स्ववियु र विद्यार्थी संगठनले पनि यो घटनाको दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन सहयोग गर्नुपर्दछ, आइन्दा यस्ता घट्ना नदोहोरियोस् भन्नका लागि कलेज प्रशासनले कलेज हाताभित्रको सुरक्षामा विशेष कदम चालोस् ।’ उनले भने ।

अहिले धरानमा मोटरसाइकल चोरी गर्नेहरु सक्रिय रहँदै आएको गुनासो बढ्न थालेको छ ।

प्रकाशित मिति: बैशाख २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend