Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ढोलझ्याम्टा फुकाइ साकेला उभौली धुमधामसाथ मनाउने तयारी, किराती आवाज गुन्जिने

हाम्रो कोशी आवाज
बैशाख २१ २०८०, बिहिबार
धरानमा ढोलझ्याम्टा फुकाइ साकेला उभौली धुमधामसाथ मनाउने तयारी, किराती आवाज गुन्जिने

धरानः किरात राईहरुको महान चाड ‘साकेला उभौली पर्व’ यस वर्षपनि धुमधामसाथ मनाइने भएको छ ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सुनसरीमा १५ दिनसम्म मनाइने चाडको तिथिमिति साथै प्राकासस्तरीय साकेला शिली प्रदर्शनी कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार १५ दिनसम्म चल्ने यो पर्व वैशाखे पूर्णिमाको दिनदेखि विधिवत्रुपमा ढोलझ्याम्टचा फुकाइ वैशाख २२ गतेदेखि १५ दिन (औंसीसम्म) सम्म धुमधामसाथ मनाइने किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।
पहिलोदिन वैशाख २२ गते धरान–१४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबार क्षेत्र विजयपुर गढी, धरान लगायत सुनसरीका विभिन्न स्थानबाट आएका किरातीहरुले पूजाआजा गरी ढोल झ्याम्टासहित नाचगान गर्नेछन् ।
सुनसरीका इटहरी, पकली, विष्णुपादुका, दुहवी, पाँचकन्या, हाँसपोसा, बराहक्षेत्र, शान्तिनगर, बक्लौरी, इनरुवा, प्रकाशपुर आदि ठाउँमा साकेला शिली प्रदर्शनी कार्यक्रम आयोजना गरिने उनले बताए । यस्तै, जेठ ६ गते धरानस्थित साकेला पार्कमा वडा कार्य समितिस्तरीय प्रतियोगितात्मक साकेला शिली प्रदर्शनी कार्यक्रम राखिएको प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङल जानकारी दिए ।
किरात राईहरुको पहिचान र अस्तित्वलाई सदा बचाई राख्न किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको किरायाले आफ्नो पहिचान र सांस्कृति अयभानको रुपमा राजनीतिक अभियान पनि थालेको हो ।
प्रचारप्रसार संयोजकराईले आफ्नो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै भावीपुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामूहिकरुपमा मनाउन थालिएको बताए । यो चाड नेपालमा किरातीहरुको वाहुल्यता भएको स्थानमा धुमधाम मनाउनुका साथै किराती विदेशमा समेत मनाउने गरिएको छ ।
लगाइएका बाली सप्रिऊन्, वर्षभरि पुग्ने अन्न फलाऊन्, चौपाया, पशुपंक्षी र मानव जीवनको सुस्वास्थ्य र दीर्घजीवन होस्, प्राकृतिक प्रकोप नहोस् लगायत कामनाका लागि किरात राई समुदायले सदियौँदेखि साकेला उभौली मनाउँदै आएका छन् । आदिवासी किरात राईहरुले वर्षमा दुईपल्ट प्रकृतिको पूजा र पितृपुर्खाहरुलाई सम्झने क्रममा तीन चूल्हा पुज्ने संस्कारअन्तर्गत साकेला उभौली मनाउने गर्दछन् । उभौली प्रत्येक वर्ष बैशाख पूर्णिमादेखि सुरु हुन्छ ।
यो किरात राईहरुको जातीय पहिचान, ऐतिहासिकता र मौलिकता झल्काउने चाड हो । प्रत्येक उभौलीको अवसरमा अन्तर प्रारम्भिक कार्यसमिति साकेला सिली प्रतियोगिता आयोजना हुँदै आएको छ । यसअनुसार प्रत्येक माताहत समितिहरुलाई तयारीका लागि सर्कुलर गरिसकिएको सचिव राईले जानकारी दिए । प्रतियोगितामा सामूहिक नृत्यमा एकरुपता, सहभागी संख्या, सिलीको उचित प्रयोग, मौलिक भेषभुषा र सामाग्रीको प्रयोग आदिका आधारमा मूल्याङ्कन हुने गर्छ ।
साकेला चाडको महत्वपूर्ण पक्षको रुपमा रहेको साकेला नृत्यलाई उचित संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि प्रतियोगिता शुरु भएको किरायाका सहसचिव रमेश राई बताउँछन् । अझ साकेला सिलीमा भएका विविधताहरुलाई लोप हुनबाट जोगाउन र स्वस्थ प्रतिस्पर्धामार्फत मौलिक संस्कृतिप्रति किरात राईहरुको थप लगाव स्थापित गर्न प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ ।
उनले किरात राईहरुको मागलाई विशिष्टरुपमा उठाइने बताए । यसवर्ष पनि कोशी प्रदेशको नामलाई पुन सच्याउन माग गर्दै किरात प्रदेश राख्न आवाज गुन्जिने जनाइएको छ । ‘यस वर्ष सांस्कृतिकरुपमै भएपनि किरात प्रदेश हुनुपर्छ भनेर कार्यक्रमस्थलमै पनि आवाज गुन्जिनेछ ।’ किराया अध्यक्ष राई भन्छन् ।

प्रकाशित मिति: बैशाख २१ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend