Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको शिवधाराबाट एकाबिहानै ८ बोरा गाँजासहित गाडी चालक र सहचालक समातिए

हाम्रो कोशी आवाज
बैशाख २१ २०८०, बिहिबार
धरानको शिवधाराबाट एकाबिहानै ८ बोरा गाँजासहित गाडी चालक र सहचालक समातिए

धरानः धरान-१३ स्थित शिवधाराबाट ८ बोरा गाँजासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार एकाबिहानै (करिब साढे १ बजे) लागूऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल धरानले शिवधारा चेकपोइन्टमा चेकजाँचको क्रममा २ सय २६ केजी (८ बोरा) गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
धनकुटाबाट इटहरीतर्फ जाँदै गरेको प्र१–०२–००१ ख ९४८९ नम्बरको टाटा मिनी ट्रकमा चेकजाँच गर्दा सो मात्रामा गाँजा फेला पारेकोे सशस्त्र प्रहरी डिएसपी सुरज रिजालले जानकारी दिए ।
गाडीका चालक तेह्रथुम छथर जोरपाटी–६ का ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक सोही स्थानका २८ वर्षीय चुडामणी कटवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ गरेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानलाई बुझाइएको उनले जानकारी दिए । रातको समयमा उक्त गाँजा भारत निकासी गर्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: बैशाख २१ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend