Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दयाहाङ, मिरुनालगायतका कलाकारसँगै बसेर जारी फिल्म हेर्न पाइने

हाम्रो कोशी आवाज
बैशाख २४ २०८०, आइतबार
धरानमा दयाहाङ, मिरुनालगायतका कलाकारसँगै बसेर जारी फिल्म हेर्न पाइने

धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं शोलाई धरानको फ्रेन्ड्स सिने (बराह मल) मा हलले विशेष शो को रुपमा आयोजना गर्ने भएको छ ।
बैशाख २५ गते सोमबारको दिउँसो ३ः४५ बजेको शोमा जारी चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार बिजय बराल, प्रेम सुब्बा , रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरु दर्शकहरुसँग बसेर चलचित्र हेर्नेछन् । लिम्बू संस्कृतिमा आधारित रहेर बनाइएको जारीको विशेष शो मा कलाकारहरुलाई लिम्बू च्याब्बूुङ नृत्यसहित स्वागत गरिने जनाइएको छ ।

प्रकाशित मिति: बैशाख २४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend