Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पब्लिक स्कुलले फेरि बस थप्यो, शिक्षामन्त्री राईद्वारा बस चढेर उद्घाटन, करोडको अर्को भवन बन्दै

हाम्रो कोशी आवाज
बैशाख २५ २०८०, सोमबार
धरानको पब्लिक स्कुलले फेरि बस थप्यो, शिक्षामन्त्री राईद्वारा बस चढेर उद्घाटन, करोडको अर्को भवन बन्दै

धरानः ३४ सय विद्यार्थी अध्ययनरत् धरानको नमूना सरकारी स्कुल पब्लिक हाइस्कुलले फेरि विद्यार्थीका लागि बस थपेको छ । थपिएको बससँगै यो छैटौं बस हो ।
सोमबार शिक्षा र प्रविधिमन्त्री अशोककुमार राईले एक कार्यक्रमका बीच उद्घाटन गरे । कार्यक्रममा बोल्दै शिक्षामन्त्री राईले सरकारी स्कुलले पनि नमूना प्रस्तुत गरिरहेको भन्दै धन्यवाद दिए । उनले आगामी दिनमा आफूले पब्लिक हाइस्कुलका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यसअघि ६ वटा थपे पनि पर्याप्त नभएको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । विद्यार्थीको चाप थेग्न नसकेपछि अर्को बस थपिएको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । ‘अहिले ३४ सयको हारहारीमा विद्यार्थी अध्ययनरत् छन्, फेरि पनि बस थपेका छौं’, उनी थप्छन्, ‘तर पनि यो पर्याप्त भने होइन, बसको खाँचो त अहिले पनि छ तर केही नहुँदा पनि ६ वटा हुँदा केही गर्जोचाहिँ टरेको छ ।’
कक्षा–१ देखि ५ कक्षासम्मका विद्यार्थीले ८ हजार, कक्षा–६ देखि १० सम्मका विद्यार्थीले ९ हजार र कक्षा–११ र १२ का विद्यार्थीले वार्षिक १० हजार रुपैयाँ शुल्क तिनुपर्ने स्कुलले नियम बनाएको प्रधानाध्यापक झाले जानकारी दिए ।
उनले सरकारी स्कुलका विद्यार्थीले बस चढ्नै सक्दैनन् पनि भन्ने गरेको पाइएको तर यहाँ अध्ययनरत विद्यार्थी बस चढ्ने हैसियत राख्ने भइसकेको बताए । ‘सामुदायिक स्कुलमा पढ्ने विद्यार्थी स्कुल बस चढ्नै सक्दैनन् भन्ने कन्सेप्ट थियो, २०७६ साउन महिनामा हामीले आवश्यकताअनुसार एउटा बस थप्यौं तर त्यसले पुगेन त्यसपछि नियमित बस थपिरहेका छौं ।’
उनका अनुसार विद्यार्थीको चाप अनुसारको कोठा नहुँदा अहिले पनि पठनपाठन प्रभावित भइरहेको बताउँदै अर्को भवन निर्माणको तयारी थालिएको जानकारी दिए । उनका अनुसार भवनका टेण्डर परिसकेको र एक करोड ५ लाख रुपैयाँमा भवन बन्नेछ ।
पब्लिकले अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको प्रधानाध्यापक झाको दावी छ । पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै प्रधानाध्यापक झाले अहिले त्यो धारणा परिवर्तन भएको बताए । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend