Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सधैंजसो जितिरहने धरानको सुनाखरी, प्रदेशमा जित्ने विद्यार्थीलाई सम्मान

हाम्रो कोशी आवाज
बैशाख २६ २०८०, मंगलबार
सधैंजसो जितिरहने धरानको सुनाखरी, प्रदेशमा जित्ने विद्यार्थीलाई सम्मान

धरानः धरानको सुनाखरी एकेडेमी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिन सक्छन् भन्ने कुरा जुनसुकै प्रतियोगितामा जितिरहने विद्यार्थीबाट प्रमाणित हुन्छ ।
पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै अघि बढिरहेको धरान-१२ चतरालाइनस्थित सुनाखरीका विद्यार्थी जुनसुकै प्रतियोगितामा भाग लिए पनि कुनै न कुनै उपाधि जितेरै फर्किएका हुन्छन् ।
यसैबीच नृत्य, गायन, कराँतेलगायतका विधामा सुनाखरीका विद्यार्थी अब्बल छन् भन्ने प्रमाणित भएको छ । कराते क्षेत्रमा इतिहास कायम गर्दै फेरि पनि विद्यार्थीले कोशी प्रदेशस्तरीय प्रतियोगितामा अब्बलता सावित गरेका छन् ।
शिवसताक्षी सितोरियो कराते एकेडेमी झापाद्वारा गत वैशाख २२ र २३ गते आयोजित आमन्त्रित खुल्ला कराते प्रतियोगिता २०८० मा तीन स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । उनका अनुसार स्कुल प्राङ्गणमा विद्यार्थीसामु आयोजित कार्यक्रममा बिजेता बन्न सफल विद्यार्थीलाई सम्मान पनि गरिएको छ ।
कक्षा–११ का उज्वल राई, कक्षा–१० की वर्षा राई, कक्षा–५ की स्तुम राई, कक्षा–४ का मिकसन लिम्बू र कक्षा–५ की मिनियाङ लिम्बूलाई सम्मान गरिएको उनले जानकारी दिए ।
प्रिन्सिपल राईका अनुसार पढाइमा विशेष जोड दिँदै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी खरो उत्रिँदै आएको बताए । उनले विद्यार्थीले स्थानीय, प्रदेश र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सामेल भएर जित्दै आएको बताए ।

प्रकाशित मिति: बैशाख २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend