धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूलाई जहिल्यै एक्लो बनाइएको बताएका छन् ।
बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूलाई एक्लो बनाउँदै निलम्बन समेत गर्न सके हुन्थ्यो भन्ने मनसायले सबै लागिपरेको समेत बताएका छन् । अहिलेसम्म आफूले गर्न चाहेको कुराहरुमा कार्यपालिका सदस्य, वडाध्यक्षहरुले कहिल्यै खुलेर समर्थन नगरेको उनको दावी छ । ‘बारम्बार, बिना कुनै गम्भीर कारण मसिना कुराहरुलाई लिएर कार्यपालिका बैठक बहिष्कार गर्नु, धरानको क्षेत्राधिकार खोज्ने, सीमा खोज्ने, विभिन्न पालिका हुँदै आउँदै गरेको खानेपानीजस्तो कुराहरुदेखि लिएर ती कुराहरुमा कार्यपालिका सदस्यहरुको साथ सहयोग त्यस्तो प्रकटरुपमा नहुनु, जे जति मैले गर्न चाहेको कुरामा एक्लो बनाइनु, त्यसको समर्थन र समालोचना गर्नुभन्दा धेरै विरोध र आलोचना गरिँदै आइएको पाइएको छ ।’ उनले भने ।
आफूले एक वर्षमा केही गर्न नसकेपनि श्रमदानमा जनतालाई जोडेर केही नयाँ काम गर्न खोजेको बताए । उनले आफू सत्यको पक्षमा अडिक रहेकोले जनताको पक्षमा काम गर्दै खुट्टा नकमाइ अघि बढ्ने समेत बताए । हेरौं, सुनौं भिडियोः