Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको ज्ञानकुञ्ज स्कुलमा निर्वाचन, १० जना विद्यार्थी निर्वाचित

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०८०, शुक्रबार
धरानको ज्ञानकुञ्ज स्कुलमा निर्वाचन, १० जना विद्यार्थी निर्वाचित

धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा मतदान सम्पन्न भएको छ ।
स्कुलको क्याप्टेन, भाइस क्याप्टेन छान्न निर्वाचन गरिएको प्रिन्सिपल अरुण राईले जानकारी दिए । शुक्रबार भएको मतदानबाट सुशन श्रेष्ठ स्कुल क्याप्टेन बनेका छन् भने निर्वाचनबाट प्रवेश राई भाइस क्याप्टेन बनेका छन् ।
ग्रीन हाउसको क्याप्टेनमा विकल्प तामाङ र भाइस क्याप्टेनमा श्रेया लिम्बू निर्वाचित भए भने रेड हाउसको क्याप्टेनमा भीषण राई र भाइस क्याप्टेनमा श्रेया लिम्बू निर्वाचित बने । यस्तै, यल्लो हाउस क्याप्टेनमा क्रिश्चल बस्नेत र भाइस क्याप्टेनमा सविक कार्की निर्वाचित भए भने ब्लु हाउसको क्याप्टेनमा सबिना लिम्बू र भाइस क्याप्टेनमा स्मृति बस्नेत निर्वाचित बने । विद्यार्थीलाई निर्वाचनमार्फत् कसरी प्रतिनिधि चुनिन्छन् साथै निर्वाचन कसरी हुन्छ आदिबारे ज्ञान प्रदान गर्न यस्तो कार्यक्रम राखिएको प्रिन्सिपल राईले जानकारी दिए । कक्षा–५ देखि १० सम्मका गरी २०६ जना विद्यार्थीले मतदानमा सहभागिता जनाएको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend