Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साकेला उभौली रमितलाग्दो (४९ तस्वीरसहित)

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०८०, शनिबार
धरानमा साकेला उभौली रमितलाग्दो (४९ तस्वीरसहित)

धरानः धरानमा किरात राईहरुको महान चाड साकेला उभौली पर्व धुमधामका साथ समापन भएको छ । यसवर्ष पनि किरात राई यायोक्खा सुनसरीले १५ दिनसम्म साकेला मनाएको हो । जिल्ला अध्यक्ष राजेन्द्र राईले वैशाखे पूर्णिमादेखि १५ दिनसम्म धुमधामका साथ यो चाड मनाइएको बताए ।
यो पर्व धरान–१७ स्थित सप्तरंगी पार्कमा भव्यरूपमा सम्पन्न भएको हो । हजारौंको उपस्थितिमा साकेला नाच्दै यो पर्व समापन भएको हो । कार्यक्रममा साकेला सिली प्रदर्शनी पनि आयोजना भएको थियो ।
किरात राई यायोक्खाका केन्द्रीय कार्य समितिका उपाध्यक्ष तिलकप्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यसपटक आफ्नो चाड खुब रमाएर नमनाएको समेत बताएका थिए । उनीहरुले कोशी प्रदेशको मागलाई अहिलेपनि यथावत राखेको बताए । कार्यक्रममा ‘सोइ ढोले सोइ किरात राज्य खोइ’ को भाका हाल्दै नाचगानसमेत गरे ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ ६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend