Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रहरीले ग्यारेजमा फेरि भेट्यो पेस्तोल, दुईजना युवा समातिए

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०८०, आइतबार
धरानमा प्रहरीले ग्यारेजमा फेरि भेट्यो पेस्तोल, दुईजना युवा समातिए

धरानः धरानमा दुईजना हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र धरान–५ देउराली बस्ने जनता ग्यारेजका सञ्चालक २५ वर्षीय कुमार भण्डारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल्ले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसअघि गत शुक्रबार नै धरान–१७ डाँडाघोपा बस्ने हुकमेन जिमी, दीपक जिमी र रोहित राईलाई २ थान पेस्तोलसहित पक्राउ गरेपछि उनीहरुले नै दिएको जानकारीअनुसार थप दुईजना पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीले धरान–८ मा रहेको जनता ग्यारेजमा पेस्तोलको ब्यारेलको भाग, ग्रिप गर्ने (समात्ने) भाग समेत ग्रेण्डर मेसिनले काटी ३ वटा टुक्रा बनाई ग्यारेजभित्र लुकाइ राखेको अवस्थामा मेड इन युएसए लेखिएको म्याग्जिन सहितको राउण्ड (गोली) नभएको स्वचालित हतियार (पेस्तोल) एक थान फेला पारेको थियो ।
यसअघि पक्राउ परेका तीनजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य दुईजनालाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरअन्तर्गत सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend