Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलमा सपथ ग्रहण (३५ तस्वीरसहित)

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०८०, सोमबार
धरानको विष्णु स्कुलमा सपथ ग्रहण (३५ तस्वीरसहित)

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेनलगायतलाई ब्याज वितरण साथै सपथ ग्रहण गराइएको छ ।
आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सपथ गराइएको हो । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई सपथ खुवाएका थिए । स्कुल क्याप्टेन लार्सन मोक्तान, श्रेया झा, भाइस क्याप्टेन यशराज शाह, ग्रिष्मा लुइटेल छनौट भएका छन् ।
यस्तै, ब्ल्यु हाउसतर्फ मिक्साहाङ लिम्बू, नेयरा आङबुहाङ, भाइस क्याप्टेन जितेन गुप्त, सिओङ तामाङ, असिष्टेण्ट नयन गुरुङ, उत्सव श्रेष्ठ, सभ्यता राई, मानवी श्रेष्ठ छनौट भएका थिए । यस्तै, ग्रिन हाउसतर्फ क्रमशः अविरल भट्टराई, निर्जरा राई, सुहाङ खापुङ, पूजा यादव, जेसिस अधिकारी, अंकिता खवास, मिराक लिम्बू, मनिषा सापकोटा छनौट भएका छ् भने रेड हाउसतर्फ प्रत्युषा सिंह, आशिष मगर, मिङसाङ लिम्बू, निर्भिका खतिवडा, विधान श्रेष्ठ, सुम्नी राई, केल्भिन श्रेठ, शारदा गौतम छनौट भए ।
यस्तै, यल्लो हाउसतर्फ अस्तिप तामाङ, रिजा साम्सोहाङ, हिमांशु राई, प्रशंसा स्थापित, अनिष जैसवाल, कृतिका शर्मा, आवास मोक्तान, सुदिप्ती कार्की छनौट भएका छन् । विभिन्न हाउस हेर्ने ३३ जना छनौट भएको र उनीहरुबाटै क्याप्टेन, हाउस क्याप्टेनलगायतका पदाधिकारी छनौट हुने व्यवस्था रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend