धरानः सरकारी कागजात कीर्ते गर्ने धरानका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१३ का विशाल तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
सुनसरी जिल्ला अदालतले सरकारी कागज छाप दस्तखत कीर्ते मुद्दामा ४ वर्षअघि कैद सजाय फैसला सुनाएको थियो । उनलाई जिल्ला अदालत सुनसरीले ११ महिना १२ दिन कैद सजाय सुनाएको थियो । कैदसजाय बेरुजु रही फरार रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको । पक्राउ गरेका तामाङलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।