Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी युवतीको हत्यापछि युवाले आफ्नै पेटमा खुकुरी प्रहार, गम्भीर घाइते

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०८०, शुक्रबार
खुकुरी प्रहार गरी युवतीको हत्यापछि युवाले आफ्नै पेटमा खुकुरी प्रहार, गम्भीर घाइते

संखुवासभा: खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो। उनीहरु प्रेमिप्रेमिका रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend