धरान धरान-१२ स्थित पब्लिक हाइस्कुलका शिक्षक, कर्मचारी मिलेर पनि पाइप हस्तान्तरण गरेका छन् ।
एकेडेमिक इन्चार्ज वीरेन्द्रबहादुर शाहले कोकाह अभियानका लागि १३ थान पाइप हस्तान्तरण गरिएको जानकारी दिए । ‘पहिलादेखि नै सहयोग गरौं गरौं जस्तो लागेकै हो’, उनले भने, ‘तर ढिलै भएपनि १३ थान पाइप हस्तान्तरण गरेका छौं ।’ पाइप हस्तान्तरणपछि बोल्दै उनले थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झैं कर्मचारी र शिक्षकहरु मिलेर पाइप दिनुपर्छ भनेर पहिल्यै योजना बुनेको बताए । उनले मेयर साम्पाङको यो सफल योजना रहेको समेत बताए ।
