Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु, धरानमै १६ जना सवार हायस गाडीको ब्रेक फेल हुँदा चारजना घाइते, एक गम्भीर

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०८०, सोमबार
धरानमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु, धरानमै १६ जना सवार हायस गाडीको ब्रेक फेल हुँदा चारजना घाइते, एक गम्भीर

धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धरान-१३ मा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान-१३ पानी ट्याङ्की मोडअन्तर्गत कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १०२०५० प ६६७३ नम्बरको मोटरसाइकलले पैदलयात्री (तत्काल नाम, थर वतन नखुलेकी अन्दाजी ६५-७० वर्षीया महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।
उनको टाउको, हातखुट्टामा चोट लागि गम्भिर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक धरान-११ का ३३ वर्षीय रमन श्रेष्ठ प्रहरी चौकी अमरहाटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, हायस गाडीको ब्रेकफेल हुँदा चारजना घाइते भएका छन् । १६ जना सवार रहेको हायसमा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरान-४ नौ किलोस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा५ख २२९७ नम्बरको हायस माइक्रो ब्रेक फेल भई दुर्घटना हुँदा हायसमा सवार १६ जनामध्ये चारजना घाइते भएका हुन् ।
दुर्घटनामा इटहरी-१७ का रोशन सुन्दास, मोरङको विराटनगर-६ का भीमा इङनाम, झापाको कन्काइ-६ का बालिका अधिकारी, तेह्रथुमको लालीगुराँस ३ का किशोर लिम्बू घाइते भएका छन् ।

प्रकाशित मिति: जेष्ठ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend