Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘मनको बहाब’ लोकार्पण

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०८०, सोमबार
धरानमा ‘मनको बहाब’ लोकार्पण

धरानः कवि प्रदीपप्रसाद आचार्यद्वारा रचित मनको बहाब कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।
एक सय एक वटा कविताहरु रहेको सो कृतिको लोकार्पण प्रा.डा. टंक न्यौपानेले गरेका छन् । पत्रकार एवम् साहित्यकार गिरिराज आचार्य, हरिप्रसाद दाहाल र डा. महानन्द तिम्सिनाले टिप्पणी गरेको सो कृतिको कार्यक्रममा प्रदेशसभाकी सांसद यशोदा कायस्थ विशेष अतिथि रहेकी थिइन् ।
कार्यक्रममा डा. आनन्द आचार्य, डा. रमेश घिमिरे, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, आन्तरिक राजश्व कार्यालयका प्रमुख गोविन्द आचार्यलगायतका व्यक्तित्वले शुभकामना मन्तव्य राखेका थिए ।
कौडिन्य आचार्य गोत्रीय समाजकी अध्यक्ष अम्विका आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विष्णु बरालले सञ्चालन गरेका थिए ।

 

 

प्रकाशित मिति: जेष्ठ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend