Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान महिला बास्केटबल टिमको बिदाइ

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०८०, बुधबार
धरान महिला बास्केटबल टिमको बिदाइ

धरानः यही जेष्ठ १९ गतेदेखि काठमाडौमा हुन लागेको मदन– भण्डारी ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि जान लागेका धरान महिला बास्केटबल टिमलाई बुधबार बिदाइ गरिएको छ ।
धरान महिला टिमलाई धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जर्सी हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । उनीहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्नेछन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको महिला–पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरानबाट महिला टिमले सहभागिता जनाउन लागेका हुन् । धरानबाट राष्ट्रिय खेलाडी डा. आशा राइको कप्तानीमा तनु राई, आस्था राई, एल्भिना गुरुङ, इक्सा लिम्बू रन्जिता, रेनुका लिम्बू, निवा लिम्बू, नुमा लिम्बू, महिमा कटुवाल र दीया कोयु राई रहेका छन् भने प्रशिक्षकमा विकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्बू छन् ।
महिलातर्फ ६ वटा टिम रहेकामध्ये काठमाडौ बाहिरबाट धरान महिला टिमले मात्र सहभागिता जनाएको छ । राउन्डरोबिन आधारमा हुने प्रतियोगितामा धरानले ५ खेल खेल्नेछन् । बिदाइ कार्यक्रममा सुनसरी बास्केटबल संघका अध्यक्ष सुवेदीले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । हार जित जे परिणाम आए पनि अनुशासित भएर आफूले सक्दो उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई सुवेदीले आग्रह गरे ।
धरान महिला टिममा बास्केटबल ट्यालेन्ट हन्टका विद्यार्थी
धरान टिममा पर्न सफल भएकी दिया कोयी भर्खरै मात्र एसइई दिएर बसेकी विद्यार्थी खेलाडी हुन् । उनी एसइईको नतिजाको पर्खाइमा छिन् । उनी केही दिनअघि मात्र धरान बास्केटबल संघद्वारा आयोजित ट्यालेन्ट हन्ट ट्रेनिङ क्याम्पमा सहभागी विद्यार्थी खेलाडी हुन् ।
संघले खेलाडी प्रोत्साहन गर्नका लागि ट्यालेन्ट हन्टका उत्कृष्ट एवं सम्भावित खेलाडीलाई अनुभवका लागि अवसर प्रदान गर्न धरान महिला टिममा स्थान दिइएको प्रशिक्षक विकास चाम्लिङ राइले बताए । प्रतियोगितामा धरानले ५ खेल खेल्नेछ । उनले पनि खेल्ने अवसर पाउनेछिन् । जसको कारण उनले आफूलाई थप निखार्न अनुभव मिल्नेछ । कोयीलाई ट्यालेन्ट हन्टमा महिलातर्फ बाट सम्भावित उत्कृष्ट खेलाडीको रुपमा हेरिएको प्रशिक्षक राइले बताए । ट्यालेन्ट हन्टका अन्य सम्भावित विद्यार्थी खेलाडिहरुलाइ बास्केटबल संघले विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि सिफारिस गर्नेछ ।

प्रकाशित मिति: जेष्ठ १७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend