Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेखापाल बल्दै गरेको अवस्थामा भेटिए, आफैले आगो लगाएको खुलासा

हाम्रो कोशी आवाज
जेष्ठ २० २०८०, शनिबार
लेखापाल बल्दै गरेको अवस्थामा भेटिए, आफैले आगो लगाएको खुलासा

विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शरीरमा दन्किएको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शनिबार बिहान सुन्दरहरैंचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ः ५० बजेतिर भेटिएका हुन् । बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको र आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभाइएको प्रहरीले जनाएको छ । आगोले शरीरका अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट चिफ नामक किटनासक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने दुईवटा बोतल प्रहरीले फेला परेको छ । घटनास्थलमा भेटिएका बोतलबाट पेट्रोल चुहिरहेको थियो ।
ढकालले प्रयोग गर्दै आएको प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालयनजिकै फेला परेको प्रहरीले जनाएको छ । विद्यालयको लेखा परीक्षण शनिबार नै राखिएको र यस्तो घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend