धरानः नेवार एकता समाज धरान–१७ को अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शनिबार धरान–१७ स्थित श्री पञ्चकन्या माविमा सो शिविर सम्पन्न भएको हो । शिविरमा जेष्ठ नागरिक लगायत १५६ जनाले आँखा परीक्षण गरेका थिए । नेवार एकता समाज जनस्वास्थ्य सेवा समितिको संयोजनमा, धरान उपमहानगरपालिका १७ नंं वडा कार्यालयको विशेष सहयोगमा र सूर्यआइ केयर धरान–१२ को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।
आयोजक संस्थाको अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा र हरिकृष्ण श्रेष्ठको संयाजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेवार एकता समाज, केन्द्रीय समितिका अध्यक्ष महेश श्रेष्ठ रहेका थिए ।
कौशिकी क्याम्पस धरानका क्याम्पस प्रमुख मोहन श्रेष्ठको सहजीकरणमा सम्पन्न शिविरमा, नेवार एकता समाज धरान–१७ का निवर्तमान अध्यक्ष देवबहादुर श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष मञ्जु श्रेष्ठ, प्रवक्ता भोला श्रेष्ठ, केन्द्रीय सदस्य सुमन श्रेष्ठ, महिला समिति संयोजक विद्या शाक्यलगायत १७ नंं. वडा समितिका उपाध्यक्ष रेनुका शाक्य, सचिव सुष्मा श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ र पदाधिकारीहरु साथै स्थानीय अगुवा तथा बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नेवार एकता समाज केद्रिय समितिका महासचिव दिपेन्द्र श्रेष्ठले गरेका थिए ।
श्री पञ्चकन्या माविका प्रधानाध्यापक खेमचन्द्र सुवेदीले आफ्ना विद्यालयमा शिविर सञ्चालन भएको र विद्यार्थीका अभिभावहरु समेत आँखा जाँच भएकोमा खुशी व्यक्त गरेका थिए । प्रमुख अतिथि नेवार एकता समाज केन्द्रिय समतिका अध्यक्ष महेश श्रेष्ठले विशेष सहयोग गरेकोमा धरान उपमहानगरपालिका १७ नंं. वडा कार्यालय र प्राविधिक सहयोग गर्ने सूर्य आई केयर आँखा अस्पताललाई विशेष आँखा अस्पताल, धरान १२ लाई कृतज्ञता ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन लागिपर्ने आयोजक समिति र संयोजक हरिकृष्ण श्रेष्ठ साथै सहजकर्ताको भुमिका निर्वाह गर्ने मोहन श्रेष्ठलाई धन्यवाद ज्ञापन गरेका थिए ।
धरान–१७ निवासी केन्द्रीय उपाध्यक्ष मञ्जु श्रेष्ठले आँखा जाँच गरेकामध्ये धेरैको आँखासम्बन्धी समस्या पत्ता लागेको र उपचार पछि राम्रो हुने समेत भएको कार्यक्रम उपलब्धिमूलक भएको प्रतिकृया दिएका थिए ।
जाँच गरिएको विरामी मध्ये १७ जनामा मोतिया विन्दु भएको, ३१ जनाले चश्मा लगाउनुपर्ने, ३५ जनाले पुन चेकजाँच गर्नुपर्ने र ३१ जना कमजोर दृष्टि भएको भेटिएको सूर्य आई कियर आँखा अस्पताल धरानका वरिष्ठ आँखा रोग विशषज्ञ डा. इच्छा जोशी सोनीले बताए ।
शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै, आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । आवश्यक अनुसार चश्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको थियो । आफ्नै टोल समुदायमा आँखा जाँच गर्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।