Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा महिलालाई आत्मनिर्भर बनाइँदै, उपमेयर बेघाले महिलालाई सौन्दर्यकलामा निखार्दैै

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०८०, सोमबार
धरानमा महिलालाई आत्मनिर्भर बनाइँदै, उपमेयर बेघाले महिलालाई सौन्दर्यकलामा निखार्दैै

धरानः साँगुरी धारापानी समाजद्वारा २८ दिने सौन्दर्य कला (ब्युटी पार्लर) तालिममा सहभागी दिदी–बहिनीहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
महिलाहरुको सीप विकास तथा आत्मानिर्भरताका लागि साँगुरी धारापानी समाजले धरानका केही वडाका महिला दिदीबहिनीहरुलाई सहभागी गराएर गत बैशाख २५ गते शुरु गरिएको २८ दिने सौन्दर्यकला (ब्युटी पार्लर) तालिम गराई सोमबार १६ जना सहभागीहरुलाई सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको सभाहलमा प्रमाणपत्र वितरण गरिएको हो ।
तालिम कार्यक्रमका आयोजक साँगुरी धारापानी समाज धरान रहेको छ भने धरान उपमहानगरपालिका उपमेयर कोषको सहयोगबाट सम्पन्न भएको हो । आयोजित समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद ममता तामाङ रहेकी थिइन् तर विशेष कारणबश उनी उपस्थित हुन नसकेको साँगुरी धारापानी समाजकी संस्थापक एवं तालिम कार्यक्रम संयोजक नेत्रकुमारी राईले बताइन् ।
तालिममा सहभागीहरुलाई बराहक्षेत्र–२ चतरा (हाल धरान) निवासि सुदेश्ना राईले तालिम प्रशिक्षण दिएकी थिइन् भने तालिम प्रशिक्षण लिनेहरुमा सुजाता राई, जमुना राई, ललिता माया लिम्बू, शोभा राई, सुजिना राई, शान्ति राई, सुनिता लिम्बू, सोनु राई, सन्ध्या राई, भावना लिम्बू, एलिना तामाङ, तारा राई, इशा विश्वकर्मा, ईश्वरी विश्वकर्मा, तारा श्रेष्ठ र बन्दना पोख्रेल रहेकी छिन् ।
समापन कार्यक्रममा साँगुरी धारापानी समाजका संरक्षक एवं नेपाली कांग्रेसका धरान नगर समितिका पूर्व सभापति किशोर राईले शुभकामना मन्तब्य राख्दै विश्वको विकासको रफ्तार र आधुनिकतर्फ बढिरहेको अवस्थामा सीपमुलक र रोजगारीका तालिमहरु आवश्यक रहेको बताए । राईले सीपमुलक तालिम दिएर जनशक्ति तयार पारेको भन्दै प्रशंसा गरे ।
सहभागीमध्येकी सोनु राईले तालिमको अवसर दिलाउने आयोजकलाई आभार ब्यक्त गरिन् । उनले आफूलाई तालिम लिनु २७ दिनअघि र २८ दिनपछि आफूमा केही परिवर्तन आएको महसुस भएको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसकी महिला नेतृ श्यामा रेग्मी, मिना पुलामी, क्षेत्र नम्बर १ (क) का सभापति अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, जिल्ला सदस्य अनुपमा सुनुवार राई, नगर सह–सचिव शिला बज्राचार्य, धरान उपमहानरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा र धरान नगर सभापति श्याम पोख्रेलले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम साँगुरी धारापानी समाजका अध्यक्ष गणेशकुमारी राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश सदस्य गणेश परियारले गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

 

प्रकाशित मिति: जेष्ठ २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend