Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसईई सिंगिङ आइडल र डान्सिङ स्टार, बेन्जामिन राई र लिसरा थापा बिजेता घोषित

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०८०, शुक्रबार
धरानमा एसईई सिंगिङ आइडल र डान्सिङ स्टार, बेन्जामिन राई र लिसरा थापा बिजेता घोषित

धरानः धरानमा भव्यताका साथ सम्पन्न एसईई सिंगिङ आइडल (गायन) र डान्सिङ स्टार (नृत्य) को उपाधि तरहराका बेन्जामिन राई (गायन) र झापाकी लिसारा थापा मगर (नृत्य) ले उपाधि जितेका छन् ।
फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजना गरेको एसईई दिएर बसेका विद्यार्थीहरूका लागि प्रदेश १ स्तरीय वाइवाइ गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको हो । उनीहरु दुवैजनाले नगद ५० हजार, प्लस टु पढ्न पूर्ण छात्रवृत्ति ट्रफी, उपहार तथा मनाङ–मुस्ताङ भ्रमणको अवसर पाएका छन् ।
कार्यक्रम निर्देशक राम लिम्बूका अनुसार शुक्रबार धरान–१५ स्थित चुम्लुङ भवनमा आयोजित कार्यक्रममा नृत्यतर्फ नुमा लिम्बू फस्ट रनरअप, लाजिप शाही ठकुरी सेकेण्ड रनरअप र अस्मिका राई थर्ड रनरअप बनिन् ।
त्यस्तै, गायनतर्फ मिङ्मा टी सेर्पा, वालिसा लिम्बू, मुना सुन्दनास क्रमशः फस्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप भए । उनीहरुले क्रमशः ३० हजार नगद, प्लस टु अध्ययनका लागि ८० प्रतिशत छुट, ट्रफी, उपहारका साथै मनाङ–मुस्ताङ भ्रमणको अवसर पाएका छन् भने सेकेण्ड रनरअफले २० हजार नगद, प्लस टु अध्ययनका लागि ७० प्रतिशत छुट ट्रफी, उपहारका साथै मनाङ–मुस्ताङ भ्रमणको अवसर पाउने र थर्ड रनर अफले भने १० हजार नगद, १० जोड २ अध्ययनका ६० प्रतिशत छुट ट्रफी, उपहारका साथै मनाङ–मुस्ताङ भ्रमणको अवसर पाएको उनले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू , विनायक राई र जमुना राई थिए भने नृत्यतर्फ त्यस्तै, नृत्यतर्फ राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे, रेस्मा बान्तावा र नन्द राई रहेका थिए ।
गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायिका अन्जु पन्तले पनि प्रस्तुति दिएकी थिइन् । सिङ्गीङ र डान्सिङमा उत्कृष्ट १०–१० जना फाइनलमा प्रवेश गरेका थिए । बैशाख २० गतेबाट फिजिकल अडिसन तथा डिजिटल अडिसनमार्फत शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

प्रकाशित मिति: जेष्ठ २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend