धरानः मारवाडी युवा धरानले धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा पंखा हस्तान्तरण तथा दन्त शिविर सम्पन्न गरेको छ ।
शनिबार मञ्चले विद्यालयलाई २५ थान पंखा प्रदान गरेको थियो । साथै मञ्चले धरान डेन्टल अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परीक्षण समेत गरिएको थियो । बाल बालिकामा दाँतको समस्या देखिएको र बेलैमा उपचार नगरेपछि ठूलो समस्या आउने भएकाले विद्यालयमा हुने दन्त शिविरले ठूलो सहयोग गर्ने धरान डेन्टल अस्पतालका सञ्चालक तथा वरिष्ठ दन्त रोग विशेषज्ञ डा.नन्दन श्रेष्ठले बताए ।
अत्याधिक गर्मीका भएको र राम्रो पंखाको व्यवस्था हुन नसकेको कारण विद्यालयको पठनपाठनमा ठूलो समस्या भएको जानकारी नेवार एकता समाजका सदस्य एवं कौशिकी क्यापसका क्याम्पस प्रमुख मोहन श्रेष्ठबाट जानकारी भएपछि आफूहरुले मारवाडी युवा मञ्चमार्फत् सहयोग संकलन गरेर २५ थान पंखा सहयोग गर्न सफल भएको मारवाडी युवा मञ्चका अध्यक्ष तथा धरान उपमहानगरपालिका वार्ड नं. २ का वडा सदस्य दिनेशकुमार अग्रवालले बताए ।
पंखा एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास वर्देवा र प्रधानाध्यापक खेमचन्द्र सुवेदीलाई हस्तान्तण गरिएको थियो । विगतमा नेवार एकता मञ्च धरान–१७ को आयोजनामा विद्यालयमा सम्पन्न गरको आँखा शिविरमा समाजलाई पंखाको लागि अनुरोध गएको थियो । जसको फलस्वरुप समाजको पहलमा यो कार्यक्रम हुन सकेको जानकारी गराउँदै पहल गर्ने नेवार एकता समाजका सदस्य मोहन श्रेष्ठ र प्रदान गर्ने मारवाडी युवा मञ्च धरान अध्यक्ष दिनेश अग्रवाललगायत दन्त शिविरका लागि प्रविधिक सहयोग गर्ने धरान डेन्टल अस्पतालका डा. नन्दन श्रेष्ठसहित सम्पूर्ण सहयोगी हातहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास बर्देवाले धन्यवाद ज्ञापन गरेका थिए ।
मारवाडी युवा मञ्च धरानका सदस्य चन्द्र अग्रवालले सेवाको काममा आफूहरु जुटिरहेको त्यसमा पनि बालबालिको शिक्षा र स्वास्थ्यमा बढी जोड दिएर काम गरिरहेको जानकारी गराउँदै सहयोगी सबैलाई मञ्चको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्र ख का सभापती गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य अंकित मारु, मारवाडी युवा मञ्च धरानका प्रथम उपाध्यक्ष शौरभ अग्रवाल, एकल विद्यालय धरानकी अध्यक्ष आरती अग्रवाल, मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष अनिता अटल, नेवार एकता समाज धरानका केन्दिय अध्यक्ष महेश श्रेष्ठ लागयतको उपस्थिति रहेको थियो ।





