Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विभिन्न मुद्दामा धरानका तीनजना समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०८०, सोमबार
विभिन्न मुद्दामा धरानका तीनजना समातिए

धरानः विभिन्न मुद्दामा धरानका तीनजना पक्राउ परेका छन् ।
वन पैदावर मुद्दामा सुनसरी जिल्ला अदालतको २०७८–०५–१६ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका–१९ सुनसरीका ४० वर्षीय मिलन राई र ५० वर्षीय भीमप्रताप तामाङ, ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको मिति २०७४–०७–२९ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष कैद भई फरार रहेका धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय मणिप्रसाद लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: जेष्ठ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend