Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजनीतिमा आउने महावीर पुनको संकेत

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०८०, बिहिबार
राजनीतिमा आउने महावीर पुनको संकेत

धरान: राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । बिहीबार मध्यान्ह ट्वीटरमार्फत उनले विगतमा एक प्रतिशत सम्भावना भएका काममा सफल भएको भन्दै आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताए ।विगतमा एक प्रतिशत सम्भावना देखेका पाँच वटा काममा सफलता मिलेको पुनले उल्लेख गरेका छन् । उनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको बताए ।
उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरे ।‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहिरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ,’ उनले लेखेका छन् ।
दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्ने आम नेपालीहरुको लागि आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने उनको जिकिर छ । ‘दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुःख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रँदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन, ’ उनी भन्छन् ।

 

 

 

 

प्रकाशित मिति: जेष्ठ ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend