Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खानेपानी योजना पूरा गरेकोमा बाबुरामले मेयर साम्पाङलाई दिए बधाई

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०८०, बिहिबार
धरानमा खानेपानी योजना पूरा गरेकोमा बाबुरामले मेयर साम्पाङलाई दिए बधाई

धरानः पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई धन्यवाद पनि दिएका छन् ।
नेपाली समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा रहे पनि पछिल्लो चरणमा देश किनारा पूँजीवादको जालोमा फसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउॅदै गएको पनि उनले बताएका छन्।
‘हामी झन्‌झन् परनिर्भर हुँदै गएका छौं, सानो सानो कुरा पनि मागेर/चोरेर/भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानोभन्दा सानो श्रम गर्न लजाउने भुइॅफुट्टा हुँदै गएका छौं’, डा. भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘अर्कोतिर ‘डोजरे विकास’को भाइरसले पाखापखेरा र वनजंगल मनपरी मासेर पर्यावरणीय विनाश निम्त्याइरहेछ, रोजगारी खोसिइरहेछ, प्रतिव्यक्ति ऋणको मात्रा सबैको थाप्लोमा थपिइरहेछ! हामी यो दुष्चक्रमा फसिरहन अभिसप्त छौं त? अवश्य छैनौं! मेरो प्रम कालमा ‘राष्ट्रिय स्वयंसेवा अभियान २०६९’ को निर्देशिका केन्द्रबाटै निर्माण गरेर देशभर दश लाख स्वयंसेवक परिचालन गर्ने र सरसफाइ, वृक्षारोपण, स्थानीय खानेपानी/सिँचाइ/पोखरी/सडक/स्कुल/स्वास्थ्य चौकी/सामुदायिक भवन आदि निर्माण कार्य गर्ने अवधारणा अघि सारिएको थियो। संविधान नै बनिनसकेको र स्थानीय सरकार नभएको त्यो बेला कार्यान्वयनको चुनौती थियो।’
अब हामीसँग ५ वर्ष पूरै टिक्ने निर्वाचित स्थानीय सरकारहरू रहेको भन्दै उनले थपेका छन्, ‘खाँचो सही सोच, विचार, नीति, कार्यक्रमको छ! स्वयंसेवी संस्कृति विकास (अझ भनौं, पुनर्प्राप्ति र पुनर्स्थापना) गरौं! दिगो, हरित, आत्मनिर्भर, समतामूलक सम्बृद्धि र उॅचो शीर हासिल गरौं!’
यस्तो छ बाबुरामको भनाइ
धरानका मेयर हर्क साम्पांगले स्वयंसेवा मार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुॅदै गएको स्वयंसेवी संस्कृति प्रबर्धन गरेकोमा वधाइ/धन्यवाद! हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवा मार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ!तर पछिल्लो चरणमा देश किनारा पूॅजीवाद ( Peripheral Capitalism)को जालोमा फसेर परनिर्भर हुॅदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउॅदै गएको छ।
फलस्वरूप हामी झन्झन् परिर्भर हुॅदै गएका छौ; सानो सानो कुरा पनि मागेर/चोरेर/भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानो भन्दा सानो श्रम गर्न लजाउने भूइॅफुट्टा हुॅदै गएका छौं!
अर्कोतिर ‘डोजरे विकास’को भाइरसले पाखापखेरा र वनजॅगल मनपरी मासेर पर्यावरणीय विनाश निम्त्याइरहेछ, रोजगारी खोसिइरहेछ,प्रतिव्यक्ति ऋणको मात्रा सबैको थाप्लोमा थपिइरहेछ!
हामी यो दुष्चक्रमा फसिरहन अभिसप्त छौं त ? अवश्य छैनौं! मेरो प्रम कालमा “राष्ट्रिय स्वयंसेवा अभियान २०६९” को निर्देशिका केन्द्रबाटै निर्माण गरेर देशभर दश लाख स्वयंसेवक परिचालन गर्ने र सरसफाइ,वृक्षारोपण,स्थानीय खानेपानी/सिंचाइ/पोखरी/सडक/स्कूल/स्वास्थ्य चौकी/सामुदायिक भवन आदि निर्माण कार्य गर्ने अवधारणा अघि सारिएको थियो!संविधान नै बनिनसकेको र स्थानीय सरकार नभएको त्यो वेला कार्यान्वयनको चुनौति थियो!
अब हामीसंग पाॅच बर्ष पूरै टिक्ने निर्वाचित स्थानीय सरकारहरू छन्! सबै पार्टीका जोडेर तीस लाख बढी राजनीतिक कार्यकर्ता छन्! वेरोजगार/अर्ध-रोजगार/छद्म-रोजगारहरूको विशाल जनशक्ति छ!
खाॅचो सही सोंच,विचार,नीति,कार्यक्रमको छ! स्वयंसेवी संस्कृति विकास (अझ भनौं, पुनर्प्राप्ति र पुनर्स्थापना) गरौं! दिगो,हरित,आत्मनिर्भर,समतामूलक समृद्धि र उँचो शीर हासिल गरौं!

प्रकाशित मिति: जेष्ठ ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend