Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयर साम्पाङले ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने

हाम्रो कोशी आवाज
असार ४ २०८०, सोमबार
धरानमा  मेयर साम्पाङले ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने

धरान: विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ।
धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्। काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका बेला धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो ।
‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि सोमबारदेखि चल्न नदिने घोषणा मेयर शाहले गरेका छन् ।
यसबीचमा धरानमा पनि हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ चलाउन नदिने निर्णय लिएका हुन्। ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
काठमाडौंका मेयर शाहले ‘आदिपुरुष’विरुद्ध कदम चालेपछि देशका अन्य नगरमा पनि निषेध अभियान चलिरहेको छ। यसअघि ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै पोखरा महानगरपालिकामा पनि प्रदर्शनमा रोक लगाइएको छ ।
यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो ।
महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन् ।

प्रकाशित मिति: असार ४ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend