धरानः वन पैदावर हानी नोक्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ५ निशाने बस्ने ३२ वर्षीय प्रदीप खत्री रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले उनलाई पक्राउ गरेको हो । वन पैदावर हानी नोक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८–०५–१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।
उनलाई प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।