Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अब निःशुल्क योगअभ्यास गराइने

हाम्रो कोशी आवाज
असार ९ २०८०, शनिबार
धरानमा अब निःशुल्क योगअभ्यास गराइने

धरानः द आर्ट अफ लिभिङ धरान च्याप्टरले कार्यालय सञ्चालनमा ल्याएको छ । च्याप्टरले अब धरानमा नियमित निःशुल्क योग अभ्यास गराउने भएको छ ।
धरान-१२ सनराइज बैंकको पछाडि माथिल्लो तल्लामा एउटा हलमा सो कार्यालय सञ्चालनमा आएको हो । प्राडा टंकप्रसाद न्यौपानेले दीप प्रज्वलन गरी कार्यालयको उद्घाटन गरे । संस्थाका प्रशिक्षक पार्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयको सञ्चालन योग दिवसको अवसर पारेका गरिएको हो ।
प्रमुख अतिथि प्रा.डा. न्यौपानेले मानवको जीवनको वास्तविक मूल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ति भन्दा कोसौं पर रहेको बताउँदै योगको महत्व बुझे दैनिक जीवन र स्वास्थ्यमा समेत सफल र निरोगी हुने पक्का रहेको बताए ।
कार्यक्रममा योग प्रशिक्षक पार्वती श्रेष्ठले प्रत्येक हप्ताको शनिबार निःशुुल्क योगा प्रशिक्षण गराउनुको साथै विभिन्न आयामहरुको बारेमा चर्चा परिचर्चासँगै सेवा साधना र सत्सङ गरी हरेक दिन योग अभ्यास गर्न आग्रह समेत गरेकी थिइन् । कार्यक्रममा सम्मानस्वरुप मायाको चिनोको रुपमा विश्व योग दिवस तथा योग अभ्यास अंकित टिसर्ट समेत वितरण गरिएको थियो ।
कार्यक्रममा द आर्ट आफ लिभिङका प्रशिक्षक श्रेष्ठ, सरस्वती श्रेष्ठ, जनक खडका, भोलिन्टियरहरु सुष्मा लिम्बू, मनिषा तामाङ, ओशो ध्यान केन्द्रका योग साधक एवं पत्रकार आनन्द श्रेष्ठ, बडिबिल्डिङ संघ धरानका सचिव अमन श्रेष्ठ, हिबिस्कस स्कुलका प्रिन्सिपल विजयसिंह थेवे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असार ९ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend