Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पुरानो र नयाँ पुस्ताबीचको खाडल गहिरिँदो, पुस्तान्तर कम गर्न कार्यक्रम

हाम्रो कोशी आवाज
असार ११ २०८०, सोमबार
धरानमा पुरानो र नयाँ पुस्ताबीचको खाडल गहिरिँदो, पुस्तान्तर कम गर्न कार्यक्रम

धरानः पुस्तान्तरणका कारण जेष्ठ नागरिकहरु छोरा नातीको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन बिताउन बाध्य भएका छन् ।
पुरानो पुस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुँदै जाँदा पहिचान, संस्कार र संस्कृतिहरु पनि नयाँ पुस्तामा हस्तान्तरण नहुने भएकाले समाजक सम्बन्धको बन्धन पनि खुकुलो हुदै गएको जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधानले एक अन्तरकृया कार्यक्रममा बताए । धरानमा अन्तर पुस्ता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार धरानको होटल रत्ना ईनमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो । आईतबार धरानको रत्ना ईनमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका ज्येष्ठ नागरिक संघका अध्यक्ष, प्रतिनिधि, युवा तथा विद्यार्थीहरुसहित जम्मा ७५ जनाको सहभागिता रहेको थियो ।
पुस्तान्तर कम गर्न हरेकले आफू र आफ्नो घरबाट शुरु गर्नुपर्दछ । आफ्ना आमाबुबा र अघिल्लो पुस्तालाई सधैं आदर सम्मन गर्नुपर्ने संस्कारको विकास गर्नुपर्दछ । सरकारले जेष्ठ नागरिकको हकहितका लागि जेष्ठ नागरिक ऐन र कानुनहरु समेत निर्माण गरिसकेको र त्यसलाई कार्यान्वयनमा ल्याउन जेष्ठ नागरकहरु नै जागरुक हुनेपर्ने कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले बताइन् ।
अन्तरक्रिया कार्यक्रममा पदमकन्या क्याम्पसका सामाजिक कार्य विभाग प्रमुख स्किृता राईले अन्तरपुस्ताको ज्ञान हस्तान्तरणमा सरकार जेष्ठ नागरकको भूमिका विषयमा प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिपछि जिज्ञासा र पुस्तान्तर कम गर्न के के गर्न सकिन्छ भन्ने सुझावसहित अन्तरक्रिया गरिएको ज्येष्ठ नागरिक महासंघ काशी प्रदेश सचिवालय सदस्य कृष्ण भागवत श्रेष्ठले जानकारी दिए । अन्तक्र्रिया कार्यक्रमको सहजीकरण महासंघ कोशी प्रदेशका सदस्य हरिकृष्ण श्रेष्ठले गरेका थिए ।
हिजोको नेपाली समाज तीन–चार पुस्ता एकैघरमा बस्ने हुँदा बुबाबाजेले आफ्ना अनुभव र विज्ञता छोरा नातिलाई हस्तान्तर गर्ने अवसर थियो । आज थोरै मात्र सन्तान हुने उनीहरु पनि रोजगारको सिलसिलामा देशभित्र र देशबाहिर काम गर्न जानुपर्ने कारण आदिले जेष्ठ नागरिकहरु घर रुँगेर एक्लै बस्नुपर्ने बाध्यता रहेको छ । कतिपय ज्येष्ठ नागरिकहरु आफ्नौ परिवारबाट अपहेलित र पीडित हुनुपरेको अवस्था पनि छ । मोबाइल र अन्य नयाँ प्रविधिका कारण परिवारमा जेष्ठ नागरिकहरु र दोस्रो तेस्रो पिढीबीच झन ठूलो खाडल भएको कुरा अन्तरक्रियाको समीक्षा गर्दै कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले बताए ।
जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य कायस्थले फूलसहितको गमलामा पानी सिंचित गेरर कार्यक्रमको उद्घाटन गरिन् । अन्तरक्रिया कार्यक्रममा महासंघ कार्यसमिति सदस्य सूर्यबहादुर श्रेष्ठ, महासंघकी उपाध्यक्ष शारदा चन, महासंघ सल्लाहकार जगत अर्याल, इलामकी देवी गौतम, शिक्षासेवी राजविमल श्रेष्ठले पनि पुस्ता अन्तरको विषयमा बोलेका थिए । समाजसेवी श्यामगोविन्द श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ विशेष अतिथि रहेका थिए ।
पुस्तान्तर कम गर्न सवै जिल्ला, पालिकामा जेष्ठ नागरिक संघमार्फत् सरकारलाई दबाव र समाजलाई सचेतना दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा अन्तरक्रिया कार्यक्रमले जोड दिएका थियो ।

 

 

प्रकाशित मिति: असार ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend